‘यो मन त मेरो नेपाली हो’ असार २७ मा प्रदर्शन

हिमाल प्रेस ६ फागुन २०८१ १२:५०
10
SHARES
‘यो मन त मेरो नेपाली हो’ असार २७ मा प्रदर्शन

काठ्माडाैँ-  फिल्म ‘यो मन त मेरो नेपाली हो’ आगामी वर्ष असार २७ मा प्रदर्शन हुने भएको छ। फिल्मका निर्माता ज्ञान बहादुर प्रधान (रोशन) ले २०८२ साल असार २७ देखि प्रदर्शन गर्ने जानकारी दिए। यसअघि फिल्मको पहिलो पोस्टर र ‘आँखै रसिलो’ बोलको गीत पनि सार्वजनिक भइसकेको छ।

फिल्ममा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुबास भन्डारी, बिजय सुब्बा, बिजिता बर्देवा, देवराज राजबन्शीलगायत कलाकारको अभिनय छ।

अमेरिकामा रहेका साहित्यकार नर प्रधान (मित्र) को कथा तथा निर्देशन रहेको फिल्ममा ज्ञान बहादुर प्रधान (रोशन)ले निर्माण गरेका हुन्। फिल्मले विदेशमा रहेका नेपालीको मुद्धालाई जोड्दै नेपाली भाषा, साहित्य, कला, यसको इतिहास र महत्वलाई विषयवस्तुको रुपमा उठाएको टिमको दाबी छ।

सौरभ लामाको छायांकन र बनिश शाहको सम्पादन रहेको फिल्म देव महर्जनको द्वन्द्व निर्देशन, दिपक शर्मा, विकास चौधरी र तोरिम्पा हाङ राईको संगीत, गीतकार शंकर अधिकारी घायल, विल्सन बिक्रम राइ, दीपक शर्मा र अनिश अधिकारीको शब्द, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी छ। फिल्म पद्मा ईश्वर इन्टरटेन्मेन्ट र नर प्रधानको प्रस्तुतिमा निर्माण भएको छ।

प्रकाशित: ६ फागुन २०८१ १२:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast