मलेसियामा विदेशी कामदार : नेपालीको संख्या तेस्रो

हिमाल प्रेस ६ फागुन २०८१ ११:४१
34
SHARES
मलेसियामा विदेशी कामदार : नेपालीको संख्या तेस्रो

काठमाडौँ- मलेसियामा कार्यरत विदेशी कामदारमध्ये सबैभन्दा बढी बंगलादेशी छन्। यसैगरी दोस्रो स्थानमा इन्डोनेसियाका नागरिक छन् भने नेपालीहरू तेस्रो स्थानमा छन्। मलेसियामा वैधानिक रूपमा ३ लाख ८० हजारभन्दा बढी नेपाली कार्यरत छन्।

मलेसियामा नेपाली कामदारको संख्या तेस्रो ठूलो रहेको त्यहाँका मानव संशाधनमन्त्री स्टिभन सिमले बताएका हुन्। मन्त्री स्टिभन सिमले बंगलादेशका ८ लाख ९८ हजार ९७० र इन्डोनेसियाका ५ लाख ८२ हजार विदेशी कामदार कार्यरत रहेको बताए।

गत साता मलेसियाली पेरिकतान नेसनलका सांसद जमालुद्दिन याह्याले राखेको प्रश्नको जबाफ दिँदै मन्त्री स्टिभन सिमले ३ लाख ८० नेपाली कामदार वैधानिक रूपमा कार्यरत रहेको जानकारी गराएको मलेसियाको  सञ्चारमाध्यम द स्टारमा उल्लेख छ।  मन्त्री सिमले करिब ५० हजार नेपाली कामदार अवैध रूपमा बसेको पनि बताए।

मलेसियामा डिसेम्बर अन्त्यसम्म सबै श्रमिकको कुलसंख्या १ करोड ६७ लाख ७९ हजार ५ जना रहेको छ। तिनमा २३ लाख ३८ हजार ४ सय २२ जना विदेशी कामदार छन् ।

मलेसियाले नयाँ कामदारको एप्रुभल १ लाख ७८ हजार ५ सय जना मात्र भर्ना गराउने नीति अघि सारेको छ। केही विदेशी कामदार स्वदेश फर्काउने र कामदार बिदामा जाँदामात्र ठूलो संख्यामा नयाँ कामदारले अवसर पाउने नीति मलेसिया सरकारले लिएको छ।

प्रकाशित: ६ फागुन २०८१ ११:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast