
काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सोमबार पूर्णता पाएसँगै गत माघ २० गतेदेखि सुरु गरिएको देशव्यापी आन्दोलन आजदेखि पुन: सुरु भएको छ।
१० महिनापछि नेपाल राष्ट्रिय शिक्षक संगठन महासंघमा आबद्ध भएको हो। महासंघको एक प्रमुख घटक संस्था उक्त संगठन केही विषयमा विमति जनाउँदै महासंघ बाहिर थियो।
संगठन महासंघमा नजोडिदै महासंघले गत माघ २० गते शिक्षा ऐन तत्काल जारी हुनुपर्ने माग राख्दै देशव्यापी आन्दोलन घोषणा गरेको थियो। नेपाल राष्ट्रिय शिक्षक संगठनलाई सहमतिमा ल्याउने वातावरण बनाउँदा आन्दोलनका कार्यक्रम प्रभावित भएको थियो।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आज आन्दोलनबारे जानकारी दिँदै ७५३ वटै पालिकामा कालोपट्टि बाँधेर खबरदारी जुलुससहित ध्यानाकर्षण बुझाउन अनुरोध गरेका छन्।
अध्यक्ष सुवेदीले पालिकास्तरको आन्दोलन परिचालन समिति बनाउन पनि अनुरोध गरेका छन्। सुवेदीले भने,‘आज २०८१ फागुन ६ गते देशका सबै पालिकामा कालोपट्टि बाँधी खबरदारी जुलुससहित ध्यानाकर्षण पत्र बुझाउनु हुन सबैमा अनुरोध छ। साथै पालिकास्तरको आन्दोलन परिचलान समिति बनाउनुहुनसमेत अनुरोध छ।’
शिक्षक महासंघको उपाध्यक्षमा पोख्रेल, महासचिवमा थापा, राष्ट्रिय समितिमा थपिए यी शिक्षक