क्यानडाको टोरन्टोमा अवतरणका क्रममा विमान दुर्घटना, ३ घाइते

हिमाल प्रेस ६ फागुन २०८१ ७:१६
8
SHARES
क्यानडाको टोरन्टोमा अवतरणका क्रममा विमान दुर्घटना, ३ घाइते दुर्घटनाग्रस्त विमान। तस्बिर : एपी/रासस

क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टिएर दुर्घटना भएको छ। विमान पल्टिँदा तीन गम्भीर घाइते भएका छन्। क्यानडाको टोरन्टो पियरसन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्ने क्रममा पल्टिदा तीन जना गम्भीर घाइते भएका हुन्।

घाइते एक बच्चा, ४० वर्षीया महिला र अर्को एक ६० वर्षीय पुरुष रहेको बीबीसीले जनाएको छ।

डेल्टा एयरलाइन्सको ४८१९ नम्बर विमान स्थानीय समय अनुसार पौने ३ मा अवतरण भएको हो। सो घटनाको कारण अझै पत्ता लागेको छैन । विमानलमा ७६ यात्रु तथा चालक दलका ४ गरी ८० जना सवार थिए।

दुर्घटनाग्रस्त विमानमा २२ जना क्यानडाका र अन्य विदेशी यात्रु सवार भएको समाचारमा उल्लेख छ। विमान अमेरिकाबाट क्यानडा गएको हो। प्रहरीले धरै जसो यात्रु सकुशल भएको बताएको छ। विमान दुर्घटनापछि धेरै उडान रद्द हुँदा यात्रु अलपत्र परेका छन्।

प्रकाशित: ६ फागुन २०८१ ७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast