दुवै सदनको बैठक बस्दै, राष्ट्रियसभामा पानीजहाज विधेयक हुँदै

हिमाल प्रेस ६ फागुन २०८१ ६:३३
दुवै सदनको बैठक बस्दै, राष्ट्रियसभामा पानीजहाज विधेयक हुँदै राष्ट्रियसभाको बैठकमा सहभागी सदस्यहरू। फाइ

काठमाडौँ- संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ। राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८० पेस गर्ने कार्यसूची छ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्।

विद्युतीय व्यापार (इ-कमर्श) विधेयक, २०८१ पारित गर्न मन्त्री भण्डारीले प्रस्ताव गर्ने संसद् सचिवालयले जनाएको छ। राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को ६५ औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित: ६ फागुन २०८१ ६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast