ओडिसा घटना : विश्वविद्यालयले दियो नेपाली विद्यार्थीलाई होस्टलमा बस्न अनुमति

हिमाल प्रेस ५ फागुन २०८१ १९:४१
50
SHARES
ओडिसा घटना : विश्वविद्यालयले दियो नेपाली विद्यार्थीलाई होस्टलमा बस्न अनुमति

काठमाडौँ- भारतीय राज्य ओडिसाको राजधानी भूवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रिल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रावासमा बस्न अनुमति दिएको हो।

बीटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको ‘शंकास्पद मृत्यु’ पछि नेपाली विद्यार्थीलाई घर फर्कन बाध्य बनाएको केआईआईटीले होस्टलमा बस्न अनुमति दिएको हो।

विश्वविद्यालयले सोमबार साँझ विज्ञप्ति निकालेर भनेको छ ‘नेपाल गइसकेका वा योजना बनाइरहेका सबै नेपाली विद्यार्थीलाई कलेजमा फर्किएर कक्षामा आउन अनुरोध गरिन्छ।’

केआईआईटी प्रशासन कलेज र छात्रावासको स्थिति साम्य पारेर कक्षा सञ्चालनका लागि हरसम्भव प्रयास गरिरहेको विश्वविद्यालयका रजिष्ट्रारले निकालेको विज्ञप्तिमा भनिएको छ।

घटनालगत्तै छानबिनमा जुटेको प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको विश्वविद्यालयले जनाएको छ।

बीटेकमा अध्ययनरत बुटवलकी प्रकृति लम्सालको शव आइतबार होस्टलको कोठाभित्र फेला परेको थियो। त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूले लम्सालले आत्महत्या गरेको दाबी गरेका छन्। भारतीय विद्यार्थी आद्विक श्रीवास्तवले लगातार गर्दै आएको दुव्र्यवहार सहन नसकेर उनले आत्महत्या गरेको बताइएको छ। यो घटनापछि प्रहरीले श्रीवास्तावलाई नियन्त्रणमा लिएको छ।

घटनाको विरोधमा केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीहरूले प्रदर्शन गरेका थिए। विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीहरूलाई होस्टलबाट निकालेर नेपाल फर्किन निर्देशन दिएका थिए।

ओडिसामा नेपाली विद्यार्थीको ‘आत्महत्या’, नेपाल फर्काइए ५०० विद्यार्थी

ओडिसामा नेपाली विद्यार्थीको कक्षा र छात्रावास व्यवस्था गर्न विश्वविद्यालय तयार : नेपाली दूतावास

प्रकाशित: ५ फागुन २०८१ १९:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast