उपप्रधानमन्त्री पौडेल डिस्चार्ज

हिमाल प्रेस ५ फागुन २०८१ १८:३२
8
SHARES
उपप्रधानमन्त्री पौडेल डिस्चार्ज

कीर्तिपुर – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुरस्थित बर्न अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन्।

गत शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा बेलुन फुटेर आगलागी हुँदा घाइते भएका अर्थमन्त्री पौडेल दुई दिनको उपचारपछि डिस्चार्ज भएका हुन्।

अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीले मन्त्री पौडेलको घाउ निको हुँदै गएको र श्वासप्रश्वास प्रणालीका अंगहरू र फोक्सोमा कुनै खराबी नदेखिएकाले डिस्चार्ज गरिएको जानकारी दिए।

‘छालाका घाउहरू निको हुने क्रममा छन्। पुरा निको हुन एक दुई साता लाग्छ, घाउको नियमित ड्रेसिङ गर्नुपर्ने हुन्छ,’ डा. नकर्मीले भने।

सोही घटनामा जलनमा परेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको भने उच्च रक्तचापको समस्या भएकाले हृदयरोग विशेषज्ञसँग परामर्श गरी केही दिन उपचार गरिने उनले बताए।

‘उहाँको पनि जलन घाउ र त्यससम्बन्धी जटिलता देखिएको छैन,’ उनले भने।

डिस्चार्ज भएपछि उपप्रधान तथा अर्थमन्त्री पौडेलले चिकित्सा टोलीप्रति आभार प्रकट गरेका छन्।

प्रकाशित: ५ फागुन २०८१ १८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast