पत्रकारले प्रधानमन्त्री ओलीलाई प्रश्न सोधेकोमा सूर्य थापाको आपत्ति [भिडियोसहित]

हिमाल प्रेस ५ फागुन २०८१ १४:४९
12
SHARES
पत्रकारले प्रधानमन्त्री ओलीलाई प्रश्न सोधेकोमा सूर्य थापाको आपत्ति [भिडियोसहित]

काठमाडौँ- नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले संसद् भवन परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रकारले प्रश्न सोधेकोमा आपत्ति जनाएका छन्। सोमबारप्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसद् भवन परिसरमा मिडिया व्यवस्थापनको विषयमा संघीय संसद् सचिवालयले ख्याल गर्नुपर्ने बताए।

‘मिडिया व्यवस्थापन यो संसदको कस्तो छवि बनाउने भन्ने विषयसँग अभिन्न रुपमा जोडिएको छ’ सांसद थापाले भने। पत्रकारले सोध्ने प्रश्नहरु संविधान र कानुन अनुकूल हुनुपर्ने उनको आग्रह छ।

‘सांसदहरूलाई कस्ता प्रश्न सोध्ने? ति प्रश्न संविधान कानुन बमोजिम हुनुपर्छ कि पर्दैन? ति प्रश्नमा गालीगलौज अथवा पेड मिडियाको भूमिका खेल्ने गरी कसैद्वारा परिचालित ढंगले आरोपित गर्ने गरी प्रश्न गर्न पाइन्छ कि पाइन्न?’सांसद थापाको प्रश्न छ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाईसमेत आरोपित गर्ने गरी प्रश्न सोधिएको भनेर उनले सदनको ध्यानाकर्षण गराए। ‘म आफैँले पनि भोगेको र हिजो सम्माननीय प्रधानमन्त्रीज्यूलाई लक्षित गरेर सोधिएका प्रश्नका प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, बैठकमा उनले भने।

प्रधानमन्त्र केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रममा सहभागिता जनाएका थिए। उक्त कार्यक्रमबाट बाहिरिनेक्रममा संसद् भवन परिसरमा सोधिएका प्रश्नहरूप्रति थापाले आपत्ति जनाएका हुन्। ‘प्रधानमन्त्रीज्यू यहाँको प्रश्नोत्तर कार्यक्रमबाट बाहिरिँदा तपाईं हिटलर हो? भनेर प्रश्न गरियो। नेपालको संसद्ले बनाएको प्रधानमन्त्री हिटलर हुन्छ?’, थापाको प्रश्न छ।

संसद् सचिवालयको अनुमतिले रिर्पोटिङमा रहेका मिडियाका व्यक्तिहरूले संविधान, कानुन, त्रिकार आचारसंहिता र सामाजिक शिष्टाचारलाई ख्याल गर्नुपर्ने उनको आग्रह छ।

 

प्रकाशित: ५ फागुन २०८१ १४:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast