काठमाडौँ- प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा बसेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सुरक्षा परिषदको छैटौँ वार्षिक प्रतिवेदन (आव २०७९-८०) र सातौँ वार्षिक प्रतिवेदन (आव २०८०-८१)’ पेस गर्ने कार्यसूची छ। सभामुख देवराज घिमिरेले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।
प्रकाशित: ५ फागुन २०८१ १३:२३
प्रतिक्रिया