आगलागीमा निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालय ध्वस्त

हिमाल प्रेस ५ फागुन २०८१ १२:५१
12
SHARES
आगलागीमा निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालय ध्वस्त खोटाङको हलेसी बजारमा आगलागीबाट भएको क्षति।

काठमाडौँ- खोटाङको हलेसी बजारमा भएको आगलागीबाट ७ करोड ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ। ग्यास लिक हुँदा सल्किएको आगोले भीषण रूप लिँदा ७ करोड ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जानकारी दिएको छ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसीबजारमा आइतबार साँझ ७ बजेबाट आगो लागेको थियो। पदमशेर राईको हार्डवयर पसलमा राखिएको खाना पकाउने ग्यास लिक हुँदा आगो सल्किएको हो।

काठ र जस्तापाताले बनेको तीनतले घरको पहिलो तलामा खाना पकाउने ग्यास लिक भएर सल्किएको आगोले भीषण रूप लिएको थियो। आगलागीबाट पदमशेरको घर जलेर नष्ट भएको छ। घरको दोस्रो तलामा रहेको निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालय समेत खरानी भएको छ। नजिकै रहेको ऐराख राईको न्यु कल्याण होटल सञ्चालन भइरहेको चारतले पक्की घर र पछाडि रहेको निजकै काठको दुईतले घरमा जलेर नष्ट हुँदा दुई करोड ५० लाख क्षति भएको छ।

प्रकाशचन्द्र गिरीको हलेसी दर्शन होटलको फलामे ट्रसले बनेको एकतले भान्सा घर र पक्की घरमा आंशिक जल्दा ३० लाख र भरणसेर राईको पारुहाङ होटलको चारतले पक्की घरको दोस्रो र तेस्रो तलामा जल्दा ५० लाखको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयले रिजर्भ गरेर राखेको पानी ट्यांकरले ओसारेर आगलागी नियन्त्रण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले जानकारी दिइन्।

प्रकाशित: ५ फागुन २०८१ १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast