प्रतिनिधिसभा बैठक बस्दै, भ्रष्टाचार निवारण विधेयक पेस गरिने

हिमाल प्रेस ५ फागुन २०८१ ७:३०
18
SHARES
प्रतिनिधिसभा बैठक बस्दै, भ्रष्टाचार निवारण विधेयक पेस गरिने संघीय संसद् भवनमा मंगलबार बसेको प्रतिनिधिसभा बैठक। तस्बिर : रासस

काठमाडौँ- प्रतिनिधिसभा बैठक सोमबार पनि बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजे बैठक बस्ने तय भएको छ। आजको बैठकका लागि पाँचवटा कार्यसूची छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सुरक्षा परिषद्को छैटौं वार्षिक प्रतिवेदन (आव २०७९/२०८०) र सातौं वार्षिक प्रतिवेदन (आव २०८०/२०८१०) पेस गर्नेछन्। त्यस्तै सभामुख देवराज घिमिरेले नेपाल नागरिकता ऐन (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

आइतबार गणपूरक नपुगेपछि उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत नगरी संसद बैठक स्थगित भएको थियो। आजकै बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक,२०८१’ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

चौथो कार्यसूचीमा ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस्’ भनी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै प्रधानमन्त्री ओलीले नै ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसैगरी श्रम, रोजगार तथा सामाजिजक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू (महासन्धी, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ।

प्रकाशित: ५ फागुन २०८१ ७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast