ट्रकको ठक्करबाट युवकको मृत्यु

हिमाल प्रेस ४ फागुन २०८१ २१:११
8
SHARES
ट्रकको ठक्करबाट युवकको मृत्यु

काठमाडौँ- ट्रकको ठक्करबाट बारामा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।

जितपुरसीमरा उपमहानगरपालिका–२ शुभलाभ ट्रेडर्सअगाडि बीरगन्ज–पथलैया सडकखण्डमा पथलैयाबाट बीरगन्जतर्फ जाँदै गरेको ना ६ ख २८९५ नम्बरको ट्रकले ना ४० प ४१९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा परी जितपुरसीमरा–२ बस्ने अन्दाजी २५/३० वर्षीय उदितनारायण झाको मृत्यु भएको प्रहरीले जनाएको छ। झाको उपचारको क्रममा एलएस न्यूरो अस्पताल परवानीपुरमा मृत्यु भएको प्रहरीले बताएको छ।

त्यस्तै मोटरसाइकलमै सबार १८ वर्षीय उत्पल आचार्य घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ फागुन २०८१ २१:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast