अमेरिकी ‘बम’ को पहिलो खेप जेरूसेलम आइपुगेको इजरायली रक्षा मन्त्रालयद्वारा पुष्टि

हिमाल प्रेस ४ फागुन २०८१ १७:१६
12
SHARES
अमेरिकी ‘बम’ को पहिलो खेप जेरूसेलम आइपुगेको इजरायली रक्षा मन्त्रालयद्वारा पुष्टि

काठमाडौँ– इजरायलको रक्षा मन्त्रालयले आइतबार अमेरिकामा निर्मित ‘भारी’ बमको पहिलो खेप इजरायल आइपुगेको जनाएको छ।

मार्को रुबियोले वासिङ्टनका उच्च कूटनीतिज्ञका रुपमा इजरायलको पहिलो भ्रमण सुरु गरेसँगै उक्त ‘भारी’ विस्फोटक पदार्थ इजरायल आइपुगेको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हालै अनुमति दिएको एमके–८४ युद्धसामग्रीलाई उद्धृत गर्दै मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी सरकारले हालै जारी गरेको भारी हवाई बमको एक खेप इजरायलमा प्राप्त गरी आइतबार सबेरै अनलोड गरिएको थियो।’

‘ट्रम्प प्रशासनले खुला गरेको इजरायलमा आइपुगेको हतियारले वायु सेना र आईडीएफ (सेना) का लागि महत्वपूर्ण जोगाडको प्रत्याभूत गर्दछ र इजरायल र संयुक्त राज्य अमेरिकाबीचको बलियो गठबन्धनको थप प्रमाणको रूपमा काम गर्दछ,’ रक्षामन्त्री इजरायल काट्जले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

ट्रम्प प्रशासनले गत फेब्रुअरीमा इजरायललाई सात अर्ब ४० करोड अमेरिकी डलरभन्दा बढीको बम, क्षेप्यास्त्र र त्यससँग सम्बन्धित उपकरण बिक्री गर्न स्वीकृति दिएको थियो।

अमेरिकी प्रतिरक्षा सहयोग नियोगले भनेको छ, ‘यो बिक्रीले इजरायलको वर्तमान र भविष्यका खतराहरूको सामना गर्ने क्षमतामा सुधार गर्दछ, आफ्नो मातृभूमि रक्षालाई बलियो बनाउँछ र क्षेत्रीय खतराहरूको प्रतिरोधकको रूपमा काम गर्दछ।’

इजरायलले सन् २०२३ को अक्टोबरमा गाजामा हमासविरुद्ध ठूलो विनाशकारी आक्रमण गरेको थियो।

यस युद्धले गाजाको अधिकांश भागलाई तहसनहस पारेको छ, जसको परिणामस्वरूप यसको २४ लाख जनसंख्याको अधिकांश हिस्सा विस्थापित भएको छ।

गत जनवरी १९ देखि हमासले कब्जामा लिएका बन्धकहरूलाई रिहा गर्ने व्यवस्थासहित युद्धविराम लागू गरिएको छ।

अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनले विस्फोटक प्रदार्थको दुरूपयोग हसनसक्ने भन्दै इजरायलमा दुई हजार पाउन्डको बमको ढुवानीमा रोक लगाएको थियो, तर ट्रम्पले पदभार ग्रहण गरेपछि तिनीहरूलाई ढुवानीका लागि अनुमोदन गरेको थियो।

यसैबीच रुबियोले आइतबारदेखि इजरायलको औपचारिक भ्रमण सुरु गरेको छ। उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अन्य उच्च इजरायली अधिकारीसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ।

उनले गाजा युद्धविराम र प्यालेस्टिनीहरूलाई यस क्षेत्रबाट विस्थापित गर्ने र उनीहरूलाई इजिप्ट र जोर्डनमा स्थानान्तरण गर्ने ट्रम्पको योजनाको बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ४ फागुन २०८१ १७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast