४ एजेन्डाको माग राखेर राप्रपा सडकमा जाने

हिमाल प्रेस ४ फागुन २०८१ १३:५१
14
SHARES
४ एजेन्डाको माग राखेर राप्रपा सडकमा जाने फाइल तस्बिर- हिमाल प्रेस

काठमाडौँ- हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा उभिएको दल राप्रपाले फागुन महिनामा विभिन्न सभाहरू गर्ने भएको छ ।

सो पार्टीको केन्द्रीय कार्यसमितिको हालै सम्पन्न बैठकले माघ र फागुनमा देशका विभिन्न सहरमा साना ठूला सभा गर्ने र चैतमा काठमाण्डौँ केन्द्रीत आन्दोलन गर्ने निर्णय गरेको थियो। माघमा संगठन सुदृढीकरण र साना सभा भएका छन् भने फागुनमा केही सभाहरु तय भइसकेका छन् अरु सभाहरुको तयारी हॅुदै गरेको राप्रपाले जनाएको छ।

यसक्रममा फागुन ९ गते गण्डकी प्रदेशको पोखराको चिप्लेढुंगामा, फागुन १५ गते लुम्बिनी प्रदेशको बुटवलमा र फागुन १८ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा सभाहरू हुने राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

राप्रपाले सरकारको गलत कार्यशैलीदेखि भ्रष्टाचार, सर्वत्र बेथितिको विरोध गर्ने र जनजीविकाका मुद्धाहरु, आफ्ना एजेण्डाका पक्षमा जनतालाई जागरुक तुल्याउन र जनमत निर्माण गर्न देशैभर विविध कार्यक्रमहरु गरिरहेको प्रवक्ता श्रेष्ठले बताए ।

‘०८२ बैशाख मसान्तसम्म वडादेखि जिल्ला तहसम्मको अधिवेशन सम्पन्न गर्ने भनेर हामीले केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गरेका छौं, यतिबेला सबै स्थानीय तहको संगठन चलायमान भइरहेको छ,’ उनले भने। पोखरा, बुटवल र धनगढीमा हुने सभाहरुलाई अध्यक्ष राजेन्द्र लिङ्देन लगायत पार्टीका वरिष्ठ नेताहरुले सम्बोधन गर्नेछन् ।

प्रकाशित: ४ फागुन २०८१ १३:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast