२७ सयले घट्यो सुनको भाउ, तोलाको कति?

हिमाल प्रेस ४ फागुन २०८१ ११:५५
22
SHARES
२७ सयले घट्यो सुनको भाउ, तोलाको कति?

काठमाडौँ- नेपाली बजारमा आइतबार सुनको मूल्यमा उच्च अंकको गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घटेको हो।

शुक्रबार तोलाको १ लाख ७० हजार २०० रुपैयाँ रहेकोमा आइतबार २ हजार ७ सय रुपैयाँले घट्दै १ लाख ६७ हजार ५ सय रुपैयाँ प्रति तोला कायम भएको हो। आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार १ हजार ९७० रुपैयाँ कायम भएकोमा आइतबार १ हजार ९५५ रुपैयामा कारोबार भइरहेको छ ।

प्रकाशित: ४ फागुन २०८१ ११:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast