राष्ट्रियसभा बैठक बस्दै, कार्यसूचीमा छैन भूमिसम्बन्धी अध्यादेश

हिमाल प्रेस ४ फागुन २०८१ ८:४९
10
SHARES
राष्ट्रियसभा बैठक बस्दै, कार्यसूचीमा छैन भूमिसम्बन्धी अध्यादेश राष्ट्रियसभाको बैठकमा सहभागी सदस्यहरू।

काठमाडौँ- संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ।

यस्तै, राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ र ‘बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गर्ने कार्यसूची रहेको छ।

यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन्। विवादित भूमिसम्बन्धी अध्यादेश भने सरकारले कार्यसूचीमा राखेको छैन।

शनिबार बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले संशोधन गर्ने सहमति गरेपछि अध्यादेश पारित गर्ने सूचीलाई सरकारले प्राथमिकता नदिएको हो। यसअघि नै सरकारले भूमिसम्बन्धी अध्यादेश राष्ट्रियसभामा पेस गरिसकेको छ।

प्रकाशित: ४ फागुन २०८१ ८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast