
सुर्खेत– २६२ औँ सेना दिवसको अवसरमा नेपाली सेनाको उत्तरपश्चिम पृतनाले आयोजना गरेको युनिटी रनअन्तर्गत २१ किलोमीटर हाफ म्याराथनमा पुरुषतर्फ करण रावल र महिलातर्फ कल्पना बुढा प्रथम भएका छन्।
शनिवार आयोजना गरिएको हाफ म्याराथनमा प्रथम भएका रावल र बुढाले नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
हाफ म्याराथनमा पुरुषतर्फ प्रथम भएका रावल, द्वितीय भानु मानन्धर र तृतीय थीरबहादुर बुढा भएका छन् भने महिलातर्फ प्रथम कल्पना बुढा, द्वितीय राज्यलक्ष्मी रावल र तृतीय सन्दीपा बुढा भएकी छिन्।
यसैगरी १० किलोमीटर दौडमा पुरुषतर्फ प्रथम युवकराज बुढा, द्वितीय बुद्धराम तामाङ र तृतीय मुकेश शाही तथा महिलातर्फ प्रथम समिता बुढा, द्वितीय मिनु बुढा र तृतीय संगीता बुढा भएकी छिन्।
यस्तै पाँच किमी दौडमा छात्रतर्फ प्रथम सम्राट शाह, द्वितीय किदम सापकोटा र तृतीय प्रज्ज्वल रावत तथा छात्रातर्फ प्रथम सृष्टि खत्री, द्वितीय अनु अधिकारी र तृतीय दिलमाया थापा भएकी छिन्।
बिजेताहरुलाई कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल, नेपाली सेनाको उत्तरपश्चिम पृतनाका पृतनापति उपरथी अनुपजंग थापा, सहायक रथी दिनेश रजौरे, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, ऊर्जा तथा जलस्रोतमन्त्री बिजया बुढाले नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए।