बेलुन फुटेर आगो सल्किँदा अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्य घाइते

विजय नेपाल ३ फागुन २०८१ १३:३१
306
SHARES
बेलुन फुटेर आगो सल्किँदा अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्य घाइते पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा शनिबार बेलुन फुट्दा सल्किएको आगो। तस्बिर : विजय नेपाल

पोखरा- बेलुन फुटेर आगो सल्किँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइेत भएका छन्। पोखरा भ्रमण वर्ष २०२५ उद्घाटनका क्रममा शनिबार बेलुन फुटेर आगो लाग्दा उनीहरू घाइते भएका हुन्।

रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालामा परेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो। बेलुन फड्किएर आगो लाग्दा दुवैजनाको अनुहार सामान्य जलेको छ। अर्थमन्त्रीको तुलनामा मेयरको गालाको भाग बढी जलेको प्रत्यक्षदर्शीले बताए। उनीहरू दुवैजनालाई उपचारका लागि फिस्टेल अस्पताल लगिएको छ।

आन्तरिक तथा बाह्य गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्ष घोषणा गरिएको हो। पोखरा-९ नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा आयोजित समारोहका सहभागी समेत यो घटनाले चिन्तित छन्। कार्यक्रम केही समय स्थगितपछि सुरु गरिएको छ।

आगोले जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यलाई अस्पतालतर्फ लगिँदै।
पोखरा भ्रमण वर्ष उद्घाटन गर्दै अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य।
बेलुन फड्किएपछि देखिएको पोखरा भ्रमण वर्ष उद्घाटन समारोह।
प्रकाशित: ३ फागुन २०८१ १३:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast