बेरुतमा नेपाली सेनाका उपरथी ढकालमाथि आक्रमण

हिमाल प्रेस ३ फागुन २०८१ १२:१६
20
SHARES
बेरुतमा नेपाली सेनाका उपरथी ढकालमाथि आक्रमण

काठमाडौँ- युनिफिल मिसनका डेपुटी फोर्स कमान्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल लेबनानको राजधानी बेरुत नजिक भएको आक्रमणमा घाइते भएका छन्। उनी चढेको कन्भोयलाई स्थानीय समयअनुसार शुक्रबार राति १२ बजे  उत्तेजित प्रदर्शनकारी/भिडले रोकी तोडफोड गर्दा ढकाल घाइते भएको नेपाली सेनाले जनाएको छ।

घटनापछि उनलाई तत्कालै उद्धार गरी यूएन लेभल अस्पताल पुर्‍याइएको थियो । अस्पतालले हाल उनी खतरामुक्त रहेको जनाएको जंगीअड्डाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। डेपुटी फोर्स कमान्डर आफ्नो कार्यकाल पुरा गरेर स्वदेश फर्कने क्रममा थिए।

घटनाका सम्बन्धमा युनिफिल मिसन हेडक्वार्टरले विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिकमाथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ।

शान्ति सैनिकमाथि भएको यस किसिमको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्रसंघले लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ। लेबनानका प्रधानमन्त्री र लेबनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति/समूहलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्।

प्रकाशित: ३ फागुन २०८१ १२:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast