
काठमाडौँ- नेपाली कांग्रेसले महाधिवेशनको समिति सर्ने बताएका छन्। २०८२ सालभित्र महाधिवेशन गरिसक्नुपर्ने प्रावधान छ। तर कांग्रेसले तयारी नपुगेको भन्दै एक वर्ष थप गर्ने तयारी गरेको छ। यसको मतलव २०८२ सालभित्र अब महाधिवेशन नहुने पक्का भएको छ।
कांग्रेसको १४ औँ महाधिवेशन २०७८ पुसमा भएको थियो। त्यसको ४ वर्षमा महाधिवेशन गर्नुपर्ने हुन्छ। तर निश्चित ‘विशेष परिस्थिति’ भन्दै डेढ वर्षसम्म थप्न मिल्ने प्रावधान छ। यही प्रावधानलाई समात्दै कांग्रेसले समय थप गर्ने तयारी गरेको छ।
पार्टी प्रवक्ता सांसद डा।प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमा नहुने स्वीकारेका हुन्। शनिवार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले समयमै अधिवेशन नहुने कुरा त्यसको तयारी र अवस्थाले देखाइरहेको पनि स्पष्ट पारे। उनले पार्टीको अधिवेशन ४ वर्षमै हुनुपर्छ भन्ने नरहेको र डेढ वर्षसम्म थप्न मिल्नेकुरा विधानमा रहेको उल्लेख गरे। उनले तर कति थपिन्छ वा थपिँदैन भन्ने कुरा केन्द्रिय समितिको बैठकले गर्ने बताए।
उनले नेतृत्वको दौडका लागि आजकै मितिदेखि दौड लगाउनुपर्ने पक्षमा आफू नरहेको बताए। अहिले पार्टीलाई निर्माण गर्न, एकअर्कालाई स्वीकार गर्नेकुरामा दौड लगाउनु उचित हुने बताए । उनले पार्टी नेतृत्वका लागि अरु भन्दा कमजोर आफू नरहेको पनि स्पष्ट पारे।