च्याम्पियन ट्रफी अघि अस्ट्रेलियालाई धक्का, श्रीलंकालाई उपाधि

हिमाल प्रेस ३ फागुन २०८१ ७:०५
12
SHARES
च्याम्पियन ट्रफी अघि अस्ट्रेलियालाई धक्का, श्रीलंकालाई उपाधि

काठमाडौँ- च्याम्पियन ट्रफी अगाडिको एक दिवशीय शृंखलामा अस्ट्रेलियाई धक्का लागेको छ। श्रीलंकासँगको ३ खेलको शृंखला गुमाउनु पर्दा अस्ट्रेलियालाई धक्का लागेको छ। अस्ट्रेलिया आउँदो च्याम्पियन ट्रफीको उपाधि दाबेदार मानिएको थियो। तर, तेस्रो खेलमा लज्जास्पद व्यहोर्दा शृंखला गुमाउनपर्‍यो।

श्रीलंकाले दिएको झिनो रनको लक्ष्य पूरा गर्न पनि अस्ट्रेलिया चुक्यो। अन्तिम एवं निर्णायक खेलमा अस्ट्रेलियालाई हराउन कुशल मेन्डिस नायक बने। उनको शतकीय पारी सामु अस्ट्रेलिया नतमस्तक रह्यो।

शुक्रबार सम्पन्न दोस्रो तथा अन्तिम खेलमा घरेलु टोली श्रीलंका १७४ रनले विजयी भयो। जितसँगै श्रीलंकाले दुई खेलको शृंखला २-० ले आफ्नो पक्षमा पार्‍यो। पहिलो खेलमा ४९ रनले विजयी भएको थियो।

कोलम्बोस्थित आरम प्रेमादास क्रिकेट मैदानमा श्रीलंकाले प्रस्तुत गरेको २८२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया २४।२ ओभरमा १०७ रनमै समेटियो । अस्ट्रेलियाका कप्तान स्टिभन स्मिथले सर्वाधिक २९ रन बनाए। यसैगरी जोश इंग्लिसले २२ र ट्रभिस हेडले १८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

श्रीलंकाका लागि दुनिथ वेलालागेले चार तथा असिथा फर्नान्डो र वानिन्दु हसरंगाले समान तीन विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै २८१ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाका लागि कुशलले ११४ बलमा ११ चौकाको मद्दतले सर्वाधिक १०१ रनको योगदान गरे। यसैगरी कप्तान चरिथ अस्लंकाले ६६ बलमा ६ चौका र तीन छक्काको मद्दतले अविजित ७८,निशान मदुशन्काले ७० बलमा चार चौका र एक छक्काको मद्दतले ५० र जनिथ लियान्गेले अजिसिजत ३२ रन बनाए।

कुशलले दोस्रो विकेटका लागि निशानसँग ९८ र चौथो विकेटका लागि चरिथसँग ९४ रनको साझेदारी गरे । यसैगरी पाँचौं विकेटका लागि चरिथ र जनिथबीच अविजिथ ६६ रनको साझेदारी भयो।

अस्ट्रेलियाका लागि बेन द्वारशुइस, आरोन हार्डी, शन एबट र एडम जाम्पाले समान एक विकेट लिए।

प्रकाशित: ३ फागुन २०८१ ७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast