पाकिस्तानमा सैन्य कारबाहीमा १३ आतंककारी मारिए

हिमाल प्रेस २ फागुन २०८१ १९:१५
16
SHARES
पाकिस्तानमा सैन्य कारबाहीमा १३ आतंककारी मारिए

काठमाडौँ– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा १३ जना आतंककारी मारिएको सेनाले जनाएको छ।

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सुरक्षा बलहरूले केपीको डेरा इस्माइल खान, उत्तरी वजिरिस्तान, लक्की मारवत र खैबर जिल्लाहरूमा खुफियामा आधारित अपरेशन सञ्चालन गरेको एक विज्ञप्तिमार्फत जनाएको छ।

आईएसपीआरको डेरा इस्माइल खान जिल्लामा अपरेशनको क्रममा सुरक्षा बल र आतंकवादीहरू बीचको भिडन्तमा पाँच आतंककारी मारिएका छन्।

आईएसपीआरले उत्तरी वजिरिस्तानमा दुई छुट्टाछुट्टै भिडन्तहरूमा पाँच आतंककारी मारिएको बताएको छ।

लक्की मारवाट जिल्लामा अर्को मुठभेडमा सुरक्षा बलहरूले थप दुई आतंककारीहरूलाई मारेका छन्। आईएसपीआरले गरेको प्रान्तको खैबर जिल्लामा एक अभियानमा एक आतंकवादी पनि मारिएको छ।

मारिएका आतंककारीहरूबाट ठूलो मात्रामा हतियार र गोलाबारुद पनि बरामद गरिएको छ, जो सुरक्षा बल विरुद्ध आतंककारी गतिविधिमा सक्रिय रूपमा संलग्न थिए।

इलाकामा अन्य आतंककारीहरूको उपस्थितिलाई हटाउन क्लियरेन्स अपरेशन भइरहेको छ।

सेनाले पाकिस्तानबाट आतंकवादको खतरालाई मेटाउन कटिबद्ध रहेको बताएको छ।–रासस/सिन्ह्वा

प्रकाशित: २ फागुन २०८१ १९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast