स्वर्गद्वारी गुठीपीडितको समस्या समाधान गर्न सरकारलाई निर्देशन

हिमाल प्रेस २ फागुन २०८१ १७:३४
10
SHARES
स्वर्गद्वारी गुठीपीडितको समस्या समाधान गर्न सरकारलाई निर्देशन प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठक। तस्बिर : रासस

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले स्वर्गद्वारी गुठीपीडितलाई जग्गाधनी प्रमाण पुर्जा प्राप्त गर्न आवश्यक पर्ने कानुनीव्यवस्थाको तर्जुमा गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले गुठी संस्थानको समन्वयमा गुठीपीडितलाई जग्गाधनी प्रमाण पुर्जा प्राप्त गर्न आवश्यक पर्ने कानुनी व्यवस्थाको तर्जुमा गर्न सरकारलाई निर्देशन दिएको हो।

स्वर्गद्वारी गुठीपीडितको समस्यासम्बन्धी विषय तथा कार्यप्रगति समितिलाई जानकारी गराउन निर्देशन दिइएको समिति सभापति कुसुमदेवी थापाले जानकारी दिइन्।

बैठकमा गुठी संस्थाका अध्यक्ष डा. शिवराज पण्डितले गुठी जग्गाका विषयमा धेरै समस्या देखिएको भन्दै समाधानका लागि अध्ययन भइरहेको जानकारी दिए। गुठी जग्गा निजी नहुने सर्वोच्चको निर्णय र गुठी जग्गामा मोही रहने व्यवस्था बाझिएकाले त्यसमा दुवै पक्षलाई सम्बोधन गर्ने गरी संस्थानले काम गर्ने उनले बताए।

बैठकमा समिति सदस्यहरूले स्वर्गद्वारी गुठीपीडितको समस्या बुझ्दै समाधान गर्नुपर्नेमा जोड दिएका थिए। बैठकले स्वर्गद्वारी गुठी किसानका समस्याबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र गुठी संस्थानसँग छलफल गरेको हो।

प्रकाशित: २ फागुन २०८१ १७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast