बन्दीपुर आए तीन महिनामा दश हजार बढी विदेशी पर्यटक

हिमाल प्रेस २ फागुन २०८१ १४:४९
32
SHARES
बन्दीपुर आए तीन महिनामा दश हजार बढी विदेशी पर्यटक

तनहुँ- तनहुँकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो तीन महिनाको अवधिमा दश हजार १२६ जना विदेशी पर्यटक घुम्न आएका छन्। बन्दीपुर पर्यटन प्रहरी, बन्दीपुर केबलकार र होटल संघ बन्दीपुर बजार इकाइको तथ्यांकअनुसार गत मंसिरदेखि माघ मसान्तसम्म उक्त संख्यामा पर्यटकहरू आएका हुन्।

पर्यटन प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर झाँक्रीले पाँच हजार ७९३ जनाले प्रहरीमा अभिलेखका लागि नाम दर्ता गराएको बताए। यस्तै, केबलकारका महाप्रबन्धक रोमनमान श्रेष्ठले केबलकार प्रयोग गरी आउने विदेशी पर्यटकको संख्या दुई हजार तीन सय ५२ जना रहेका छन्।

क्षेत्रीय होटल संघ बन्दीपुरका अध्यक्ष फुलमती थापाका अनुसार पर्यटन प्रहरीको ड्युटीबाहेक अन्य समयमा नाम दर्ता गरेका तर विभिन्न होटलको तथ्यांकअनुसार थप एक हजार ९८१ जना विदेशी पर्यटक बन्दीपुर पुगेका छन्।

प्रमुख पर्यटकीय गन्तव्यहरू काठमाडौँ र पोखरा तथा चितवन र पोखराको बीचमा पर्ने बन्दीपुरमा विदेशी पर्यटकहरू प्राकृतिक सौन्दर्य र यहाँको प्राचीन कलासंस्कृति हेर्न आउने गरेका छन्।

बन्दीपुरमा आउने विदेशी पर्यटकहरूमध्ये सबैभन्दा धेरै चीनका रहेका छन्। चीनबाट माघ महिनामा मात्रै एक हजार ५०० पर्यटकहरू आएका छन्। त्यसपछि जर्मनी, स्पेन, इटाली, फ्रान्स, अमेरिका र नेदरल्यान्डबाट आएका पर्यटकहरू छन्। बन्दीपुरबाट सुन्दर हिमाल, विभिन्न खोला, नदी तथा फाँटहरू सजिलै देखिन्छन्। यहाँ प्राचीन काठकलाले भरिएका घरहरूसमेत हेर्न पर्यटकहरू लालायित हुने गर्दछन्।

बन्दीपुर गाउँपालिकासहितका अन्य सरोकारवाला पक्षहरूले सन् २०२५ लाई बन्दीपुर भ्रमण वर्षका रूपमा घोषणा गरेर विभिन्न पर्यटकीय गतिविधि गरिरहेका छन्।

प्रकाशित: २ फागुन २०८१ १४:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast