नेसपा (नयाँ शक्ति) को केन्द्रीय सदस्यमा ई.कृष्ण महर्जन निर्वाचित

हिमाल प्रेस २ फागुन २०८१ १२:१६
54
SHARES
नेसपा (नयाँ शक्ति) को केन्द्रीय सदस्यमा ई.कृष्ण महर्जन निर्वाचित

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न पहिलो महाधिवेशनबाट आदिवासी जनजाति युवा कलस्टरबाट ललितपुरका ई.कृष्ण महर्जन केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

बिहीबार साँझ अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै ई.महर्जनले ३४६ मत ल्याएका छन्। उक्त कलस्टरबाट ६ जना केन्द्रीय सदस्य उम्मेदवार थिए। ई.महर्जनसहित राजेश आले, पंकज राई निर्वाचित भए। उनीहरूले क्रमशः ४१७ र ३२३ मत ल्याए। निरज प्रधान, दावा स्याङवो तामाङ र समिर नाछिरीङ पराजित भए। उनीहरूले क्रमशः २८०, २६६ र १६८ मत ल्याए।

केन्द्रीय सदस्यमा नवनिर्वाचित ई. महर्जनले राजनीतिक दलमा इन्जिनियरको रूपमा, ई.गभर्नेन्स, सुरक्षित डिजिटल प्लेटफर्म र साइबर सुरक्षामार्फत डिजिटल रूपान्तरणलाई अघि बढाउने योजना बनाउने बताए। डेटा विश्लेषण प्रयोग गरी मतदाता बुझाइ, चुनावी रणनीति, र प्रभावकारी नीति निर्माणमा योगदान दिने उनले प्रतिवद्धता जनाए।

त्यस्तै, स्मार्ट पूर्वाधार प्रवर्द्धन गर्दै दिगो सहरी योजना, इन्टरनेट अफ थिङ्स (l0T) आधारित सार्वजनिक सेवा र नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्ने बताउँदै ई.महर्जनले डिजिटल पहुँच सुनिश्चित गर्न इन्टरनेट विस्तार, अपांगता भएका व्यक्तिहरूका लागि प्रविधि पहुँचयोग्य बनाउने र स्थानीय भाषामा डिजिटल सामग्री प्रवर्द्धन गर्ने योजना सुनाए।

साथै, पारदर्शी शासनका लागि एआई र ब्लकचेन प्रविधि, प्रविधि-आधारित कृषि, स्टार्टअप र सीप विकासमा सहयोग गर्ने र जलवायु अनुकूल पूर्वाधार, प्रकोप व्यवस्थापन र हरित ऊर्जा नीतिमा विशेष ध्यान दिने बताए।

प्रकाशित: २ फागुन २०८१ १२:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast