आज कोरियन वनदेखि यूएई दिरामसम्मको मूल्य कति?

हिमाल प्रेस २ फागुन २०८१ ७:०९
14
SHARES
आज कोरियन वनदेखि यूएई दिरामसम्मको मूल्य कति?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ३४ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १४४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४५ रुपैयाँ १९ पैसा तोकिएको छ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रुपैयाँ २७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ०२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६४ पैसा कायम गरिएको छ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०३ रुपैयाँ २८ निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ०२ पैसा र बिक्रीदर नौ रुपैयाँ ०६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ १२ पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्री दर ३१ रुपैयाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८० पैसा र बिक्रीदर १२ रुपैयाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर १७ रुपैयाँ ८१ पैसा र बिक्री दर १७ रुपैयाँ ८९ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७ रुपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४५१ रुपैयाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ १० पैसा र बिक्रीदर ३६९ रुपैयाँ ६९ पैसा र ओमनी रियाल एकको खरिददर ३६० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ।

यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित: २ फागुन २०८१ ७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast