काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले फोर नेसन्स कपका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय महिला फुटबल टोली घोषणा गरेको छ।
डिफेन्डर मनमाया दमाई र मिडफिल्डर सुस्मा तामाङ पहिलोपटक टिममा समावेश भएका छन्। त्यस्तै, चन्द्रा भण्डारी र सरस्वती हमाल टिममा पुनरागमन गर्न सफल भएका छन्। मनमाया एपीएफबाट र सुस्मा वालिङ नगरपालिकाबाट राष्ट्रिय महिला लिग खेलेका थिए।
साफ महिला च्याम्पियनसिप खेलिसकेकी मिडफिल्डर दीपा शाही र डिफेन्डर हिराकुमारी भुजेल घाइते भएपछि मनमाया र सुस्माले अवसर पाएका हुन्।
३० सदस्यीय प्रारम्भिक टोलीबाट गोलकिपर सावित्री किशन र सुजता तामाङ बाहिरिएका छन्। महिला राष्ट्रिय लिगमा उत्कृष्ट गोलकिपर घोषित भए पनि किशनलाई प्रशिक्षक राजेन्द्र तामाङले अन्तिम टिममा नराख्ने निर्णय गरेका हुन्।
एएफसी एसियन कप र फिफा विश्वकप लक्षित फोर नेसन्स कप फागुन ५ देखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछ। नेपालसहित किर्गिस्तान, म्यानमार र लेबनान प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
नेपालले आफ्नो पहिलो खेल फागुन ५ मा किर्गिस्तानसँग खेल्नेछ। त्यसपछि फागुन ८ मा लेबनान र फागुन ११ मा म्यानमार विरुद्ध मैदानमा उत्रिनेछ।
टोलीको अन्तिम सूची :
गोलकिपर :
अञ्जिला तुम्बाप्पो सुब्बा (कप्तान)
अञ्जना रानामगर
उषा नाथ
डिफेन्डर :
अमृता जैशी
गीता राना
विमला विक
पूजा राना
निशा थोकर
समीक्षा घिमिरे
मनमाया दमाई
मिडफिल्डर :
अनिता बस्नेत
रेनुका नगरकोटे
प्रीति राई
सरु लिम्बु
सविता रानामगर
सरस्वती हमाल
विमला चौधरी
सुस्मा तामाङ
स्ट्राइकर :
सावित्रा भण्डारी
रश्मीकुमारी घिसिङ
चन्द्रा भण्डारी
अनिता केसी
रेखा पौडेल