सुभमनको शतक, भारतको ‘क्लिनस्विप’

हिमाल प्रेस १ फागुन २०८१ ७:०१
6
SHARES
सुभमनको शतक, भारतको ‘क्लिनस्विप’ भारतीय ओपनर शुभमन गिल। तस्बिर : आजतक

काठमाडौँ- भारतीय क्रिकेट टिमले पछिल्ला खेलमा सानदार जित निकालिरहेको छ। मुख्य खेलाडी जसप्रित बुमराहलगायतका खेलाडीको अभावमा पनि भारत अपराजित बन्दै आएको छ।

च्याम्पियन ट्रफीको संघारमा अपराजित भारतलाई फाइदा पुग्ने देखिएको छ। इंग्ल्यान्डमाथि भारतले एकदिवशीय शृंखलामा छत्रराज गरेको छ। ३ खेलको शृंखलामा भारतले क्लिनसिप गरेको छ। शृंखलाको तेस्रो तथा अन्तिम खेलमा ओपनर शुभमन गिल इंग्ल्यान्डमाथि हाबी भए। उनले शतक प्रहार गर्दा भारतले इंग्ल्यान्डमाथि क्लिनसिपको बाटो हुँदै शृंखला ट्रफी हत्याउन पुग्यो।

तेस्रो एक दिवशीय खेलमा बुधबार १४२ रनको फराकिलो जितका साथ भारतले सिरिज क्लिन स्विप गरेको हो। ३५७ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३४।२ ओभरमा २१४ रनमा समेटियो। इंग्ल्यान्डका लागि गस एटकिन्सन र टोम बेन्टनले समान सर्वाधिक ३८ रन जोडे।

ओपनर बेन डकेट ३४, जो रुट २४, ओपनर पिल साल्ट २३ तथा ह्यारि ब्रुक १९ रन बनाए । भारतका लागि अक्षर पटेल, अर्शदिप सिंह, हर्षित राना र हार्दिक पाण्ड्याले समान २ तथा वासिंटन सुन्दर र कुलदिप यादवले समान १ विकेट लिए।

त्यसअघि अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरको अन्तिम बलमा ३५६ रन जोड्दै अल आउट भयो।

भारतका लागि ओपनर शुभमन गिलले सर्वाधिक ११२ रन जोडे। उनले १०२ बलको सामना गर्दै १४ चौका र ३ छक्का प्रहार गरेका थिए।

श्रेयश अय्यरले ६४ बलमा ८ चौका र २ छक्काको सहयोगमा ७८ बनाए। विराट कोहली ५५ बलमा ५२, केएल राहुल २९ बलमा ४० तथा हार्दिक पाण्ड्या १७ रन बनाए। इंग्ल्यान्डका लागि आदिल राशिदले ४, मार्क वुडले २ तथा गस एटकिन्सन, जो रुट र सकिब मोहम्मदले समान १ विकेट लिए। शृंखलाको पहिलो र दोस्रो दुवै खेल भारतले ४ विकेटले जितेको थियो। यसअघि भएको टी२० शृंखलामा पनि भारतले जितेको थियो।

प्रकाशित: १ फागुन २०८१ ७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast