माओवादीले भूमिगत राजनीति थालेको ३ दशक पूरा

हिमाल प्रेस १ फागुन २०८१ ६:३३
32
SHARES
माओवादीले भूमिगत राजनीति थालेको ३ दशक पूरा

काठमाडौँ- तत्कालीन नेकपा माओवादीले भूमिगत राजनीति थालेको ३० वर्ष पूरा भएको छ। २०५२ साल फागुन १ गते माओवादीले सशस्त्र विद्रोह थालेको हो। आज यसै अवसरमा माओवादी घटकहरूले विभिन्न कार्यक्रम गर्दैछन्। पार्टीले आज केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। माओवादी शान्ति सम्झौतामार्फत संसद् हुँदै सत्तामा पुगेको छ।

माओवादीसहित ठूला दलको सहमतिमै संविधान निर्माण समेत गरेको छ। सशस्त्र विद्रोहका कमान्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि ३ पटक प्रधानमन्त्री बनेका छन् भने माओवादीले ४ पटक सत्ताको नेतृत्व गरिसकेको छ। अहिले पनि माओवादी शान्ति प्रक्रियाका कतिपय प्रावधान पूरा गर्न नसकेको गुनासो गर्ने गर्दैछ।

प्रकाशित: १ फागुन २०८१ ६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast