रानीमहलमा बस्दै गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीको बैठक, साझा प्रतिबद्धतामा हस्ताक्षर हुने

हिमाल प्रेस ३० माघ २०८१ ११:४५
8
SHARES
रानीमहलमा बस्दै गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीको बैठक, साझा प्रतिबद्धतामा हस्ताक्षर हुने

लुम्बिनी- लुम्बिनी प्रदेशको आयोजनामा अन्तरप्रदेश स्तरीय बैठक पाल्पाको रानीमहलमा सुरु हुँदैछ। बैठकमा सहभागी हुन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पाल्पा आइपुगेका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गण्डकीका मुख्यमन्त्री पाण्डेलाई पाल्पामा स्वागत गरेका हुन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबीच पाल्पाको रानीमहलमा अन्तरप्रदेश स्तरीय बैठक हुँदैछ। बैठकमा मुख्यमन्त्रीसहित मन्त्री, प्रमुख सचिव, सचिवलगायतको विशेष उपस्थिति छ। दुई प्रदेशको समृद्धि र विकासका साझा सरोकारलाई समेट्दै दुवै मुख्यमन्त्रीले साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्ने तयारी गरेका छन्।

दुवै प्रदेशका वार्षिक नीति तथा कार्यक्रम र आगामी बजेट निर्माणमा समावेश गर्नेगरी साझा प्रतिबद्धता तयार पारिएको छ। सो अवसरमा प्रदेशस्तरीय नीति निर्माण, कर प्रणाली, पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, विपद् व्यवस्थापन, लागूऔषध नियन्त्रण, तथा सुशासन प्रवर्द्धनका विषयमा विस्तृत छलफल हुनेछ।

उक्त अवसरमा दुवै प्रदेशबाट तर्जुमा भइसकेका तथा प्रस्तावित कानुनबीच समन्वय, सहकार्य र एकरूपता कायम गर्ने कार्यसूची छ। बैठकमा प्रदेशस्तरीय कर प्रणालीमा एकरूपता कायम गर्दै प्राकृतिक स्रोत तथा साधनबाट संकलन हुने रोयल्टी बाँडफाँटमा सहमति जुटाउने, दुई प्रदेशलाई जोड्ने प्रमुख सडक पूर्वाधार तथा पुल निर्माणका लागि आवश्यकताअनुसार नेपाल सरकारसँग समन्वय गर्दै साझेदारी तथा सहकार्य गर्ने, दुवै प्रदेशको दीर्घकालीन हित हुने सम्भावित ठूला परियोजनाहरू पहिचान गरी सहलगानीका आधारमा सञ्चालन गर्नेलगायतका विषयमा सहमति कायम गरिने छ।

प्रकाशित: ३० माघ २०८१ ११:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast