महिला फुटबल प्रतियोगिताको भीआईपी टिकट दर हजार र ५ सय

हिमाल प्रेस ३० माघ २०८१ ९:३७
10
SHARES
महिला फुटबल प्रतियोगिताको भीआईपी टिकट दर हजार र ५ सय

काठमाडौँ- दशरथ रंगशालामा अर्को साता हुने चार देशीय महिला फुटबल च्याम्पियनसिपको टिकट दर तोकिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार च्याम्पियनसिपका लागि भीआईपीका लागि १ हजार र ५ सय रुपैयाँको टिकट दर तोकिएको छ।

फिफा इन्टरनेसनल च्याम्पियनमा नेपालसहित कीर्गिस्तान, म्यानमार र लेबनन गरि ४ टोलीको सहभागिता रहनेछ। राउन्ड रोबिन लिग पछि शीर्ष दुई टोलीले फागुन १४ गते फाइनल खेल्नेछन्। कीर्गिस्तान फागुन १ र बाँकी २ टोली फागुन २ गते काठमाडौँ आइपुग्ने एन्फाले जनाएको छ। च्याम्पियन्सिप फागुन ५ गतेबाट सुरु हुनेछ।

नेपाली टोलीका लागि कप्तान एवं गोलकिपर एन्जिला तुम्बापो सुब्बा, फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेल पनि आउँदैछन्।

प्रकाशित: ३० माघ २०८१ ९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast