ट्रम्पको शपथपछि आकाशिएको डलर केही सस्तियो, अरू कति?

हिमाल प्रेस ३० माघ २०८१ ६:३८
16
SHARES
ट्रम्पको शपथपछि आकाशिएको डलर केही सस्तियो, अरू कति?

काठमाडौँ- अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमनपछि अमेरिकी डलर आकाशिएको छ। ट्रम्पले लिएका विदेश नीतिका कारण डलरमा व्यापक असर परिरहेको अर्थशास्त्रीहरूले बताएका छन्। यसअघि डलरले कीर्तिमानी मूल्य कायम गरेको थियो।

गत माघ २५मा डलर एकको खरिददर नेपाली १३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। जुन इतिहासकै महँगो हो। डलरको मूल्यमा घटबढ भइरहे पनि सन्तुलित बन्न सकेको छैन। आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ २३ पैसा छ।

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४३ रुपैया ०२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ६४ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४४ रुपैया ३३ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ९५ पैसा थियो।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १४ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ९८ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३५ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रुपैयाँ १२ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ ७७ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ ७१ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ५२ रुपैयाँ ३३ पैसा र बिक्रीदर चार सय ५४ रुपैयाँ २७ पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६७ रुपैयाँ ७४ पैसा र बिक्रीदर तीन सय ७९ रुपैयाँ ३३ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ ५३ पैसा र बिक्रीदर तीन सय ७२ रुपैयाँ ११ पैसा थियो।

नेपाल राष्ट्र बैंकले आज ९बुधबार० का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज सबैजसो विदेशी मुद्रा सस्तिएका छन्।

प्रकाशित: ३० माघ २०८१ ६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast