राजनीतिक पार्टीको अनुशासनहीनता अस्थिरताको कारक : सांसद यादव

हिमाल प्रेस २९ माघ २०८१ १७:४४
8
SHARES
राजनीतिक पार्टीको अनुशासनहीनता अस्थिरताको कारक : सांसद यादव

काठमाडौँ– प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका रामकृष्ण यादवले राजनीतिक पार्टीको अनुशासनहीनता र दोहोरो चरित्र नै राजनीतिक अस्थिरताको कारक भएको बताएका छन्।

सांसद यादवले मुलुकले राजनीतिक स्थिरता पाउन नसकेको बताए। उनले भने, ‘सत्ता गठबन्धनको मुख्य उद्देश्य राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधन हो। मुख्य कारण राजनीतिक पार्टीको अनुशासनहीनता र दोहोरो चरित्र नै हो। जनतालाई गलत सूचना दिने र भ्रममा पार्नाले राजनीतिक अस्थिरता भएको हो।’

सांसद यादवले संसद्को मुख्य काम भनेकै कानुन निर्माण गर्नु हो तर सुस्त गतिमा भइरहेको धारणा राखे। ‘जनताका लागि आवश्यक कानुन समयमा निर्माण नहुँदा जनताले न्याय पाउँदैनन्, यसैले छिटोछरितो रूपमा विधेयक पारित गरौँ। सरकार निर्माण भएको सात महिना भएको छ। उद्देश्यअनुसार पूरा गर्न सरकारले कार्यको गति बढाओस्। सरकारको नीति कार्यक्रम तथा बजेट कार्यान्वयन भयो कि भएन भनेर मूल्यांकन, समीक्षा र निर्देशन दिन सरकारलाई अनुरोध गर्छु,’ उनले भने।

उनले आव २०७४र७५ मा हुलाकी राजमार्गलाई राष्ट्रिय गौरवको योजनामा राखिएको तर अहिलेसम्म अधुरै रहेकाले अविलम्ब सुरू गर्न आग्रह गरे। साथै पुल निर्माणको कार्य पनि सरकारले अघि बढाओस् भन्ने धारणा राखे।

प्रकाशित: २९ माघ २०८१ १७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast