![शोभितको ‘पीआर’ अस्ट्रेलियामा छायांकन](https://himalpress.com/wp-content/uploads/2025/02/pr.jpg)
काठमाडौँ- शोभित बस्नेतले निर्देशन गर्ने फिल्म ‘पीआर’ को छायांकन सुरु गरिएको छ। अस्ट्रेलियाको कोग्रास्थित बैठक रेस्टुरेन्टमा फिल्मको मुर्हतसँगै मंगलबारदेखि छायांकन सुरु गरिएको निर्देशक बस्नेतले बताए। उनकाअनुसार फिल्म अष्ट्रेलियाको विभिन्न सहरमा र २५ प्रतिशत नेपालमा छायांकन गरिनेछ। फिल्म सौरभ मानन्धरले छायांकन गरिरहेका छन्।
निर्देशक बस्नेतकै कथा रहेको फिल्ममा गणेश बुढाथोकीको पटकथा र संवाद लेखन छ। फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, बिनिता कार्की, पुजा चौधरी र आस्मा अधिकारी, कुशल थापा, विमला खत्री, म्याक्स, कृष्ण थापा र नवीन घायलको अभिनय रहनेछ।
फिल्म सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण हुनेछ। फिल्मको प्रस्तुतकर्तामा रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी छन्। फिल्मका निर्माता ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा हुन्।