
काठमाडौँ- सर्लाही रामनगर गाउँपालिका ३ मा विद्युत् सर्ट भएर आगलागी हुँदा एक घर पूर्णरूपमा जलेको छ। रामनगर ३ रामटोल बस्ने अनुप महराको कच्ची फुसको घर जल्दा सामान समेत पूर्णरूपमा नष्ट भएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घरभित्र रहेका ५ बाख्रा, लताकपडा, कागजपत्र, अन्नपातसहित नगद १० हजारसमेत जलेकोछ।
प्रहरीका अनुसार प्रारम्भिक विवरण अनुसार आगलागीबाट ५ लाख क्षति भएको छ। आगलागी भएको जानकारीपछि प्रहरी चौकी खैर्वा बहुर्वाबाट प्रहरी सहायक निरीक्षक बालकिशोर साहको कमाण्डमा १० जनाको टोली र स्थानीयको सहयोग आगो निभाइएको थियो।
प्रकाशित: २९ माघ २०८१ ८:३१
प्रतिक्रिया