माइक्रोबसले मोटरसाइकललाई दियो ठक्कर, एकको मृत्यु

हिमाल प्रेस २९ माघ २०८१ ६:१५
6
SHARES
माइक्रोबसले मोटरसाइकललाई दियो ठक्कर, एकको मृत्यु

काठमाडौँ- नुवाकोटमा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक युवा गम्भीर घाइते भएका छन्।

काठमाडौँबाट नुवाकोटतर्फ आउँदै गरेको विद्युतीय माइक्रोबसले लिखु गाउँपालिका-५ अमिलेबोटेमा मोटरसाइकललाई ठक्कर दिँदा उत्तरगया गाउँपालिका-५ रसुवाका पुरुषोत्तम लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गम्भीर घाइते भएका मोटरसाइकलका चालक उत्तरगया-५ का २५ वर्षीय प्रमोद थापाको उपचार भइरहेको छ। माइक्रोबसका चालक विदुर नगरपालिका-४ का नारायण बर्देवालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २९ माघ २०८१ ६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast