सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाई थुनामा पठाउने आदेश

हिमाल प्रेस २८ माघ २०८१ १९:४०
42
SHARES
सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाई थुनामा पठाउने आदेश

लुम्बिनी– सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी बन्जारे पुर्पक्षका लागि करागार चलान भएका छन्। रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा उनी पुर्पक्षका लागि कारागार चलान भएका हुन्।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको श्रेष्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए।

थुनछेक बहसपछि कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिँदा पछि ठहरे बमोजिम हुने गरी तत्कालका लागि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको उनले जानकारी दिए।

जिल्ला अदालत रुपन्देहीमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई, रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्ककका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने, पूर्वडीआइजी जोशीलगायत विरूद्ध सहकारी रकम अपचलन गरेको आरोपमा मुद्दा दायर भएको थियो।

यसअघि रास्वपा लामिछानेको हकमा जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका तर्फबाट प्रेमराज पौडेल र गोर्कण घिमिरेले बहस गरेका थिए। जोशीको तर्फबाट मनोज चौधरीसहित दुई जनाले बहस गरेका थिए।

प्रकाशित: २८ माघ २०८१ १९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast