अन्तिम मिनेटमा भुसालको गोलले चर्च ब्वाइजद्वारा साविक विजेता आर्मी पराजित

हिमाल प्रेस २८ माघ २०८१ १७:२९
4
SHARES
अन्तिम मिनेटमा भुसालको गोलले चर्च ब्वाइजद्वारा साविक विजेता आर्मी पराजित

पोखरा– गोलको खडेरी तोड्दै खेलको ९० औँ मिनेटमा चर्च ब्वाइजका राज भुसालले सुन्दर गोल गरेपछि साविक विजेता त्रिभुवन आर्मी क्लब २४ औँ आहारारा गोल्डकपको पहिलो खेलबाटै घर फर्किएको छ।

पोखरा रंगशालामा सोमबार खेलको २५ औँ मिनेटमा रोहन कार्कीको स्थानमा मैदान छिरेका भुषालले नवीन लामाको कर्नरमा हेडमार्फत् बललाई गोलको दिशा दिएका हुन्।

निर्धारित समय सकिनैलाग्दा दुवै टिमबाट गोल हुन नसकेपछि दर्शक समेत अतिरिक्त समयमा धकेलिनेमा आशावादी थिए। तर, भुषालले निर्णायक गोल गरेका हुन्। दोस्रो हाफमा ५ मिनेट इन्जुरी टाइम थप भएको थियो।

यो जितसँगै चर्च ब्वाइजले विभागीय क्लब नेपाल पुलिस क्लबसँग पहिलो सेमिफाइनल खेल निश्चित गरेको छ। धरानको बूढासुब्बा गोल्डकप र पोखरामा आहारारा पोखरा गोल्डकप खेल्दा चर्च ब्वाइजले आफ्नो २ टिम बनाएको थियो।

पोखरामा चर्च ब्वाइजले एनआरटीलाई सडन डेथको शिकार बनाउँदै विजयी यात्रा अघि बढाएकोमा धरानमा एनआरटीलाई उपाधि सुम्पेर उपविजेता सीमित छ।

एनआरटीले २–१ गोलअन्तरमा फाइनल जितेर उपाधि रक्षा गरेको थियो।
चर्च ब्वाइजका समीर तामाङ र रोहन कार्की यहाँ सोमबारको खेलमा पहिलो रोजाइमा मैदानमा उत्रिएका थिए।

आहाराराको गत संस्करणमा चर्चब्वाइजले आर्मीसँग हारेको चोटको बदला समेत यसपालि लिन सफल भयो। गत २३ औँ संस्करणको सेमिफाइनलमा आर्मीले चर्च ब्वाइज तथा फाइनलमा थ्रि स्टारलाई हराउँदै पहिलोपल्ट उपाधि चुमेको थियो।

मंगलबार अन्तिम क्वाटरफाइनल हुनेछ। जसमा भारतको थण्डरबोल्ट नर्थ युनाइटेड क्लब र उज्जेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच प्रतिस्पर्धा हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ।

१२ टिमले भाग लिएको प्रतियोगिताको फाइनल फागुन ३ गते हुनेछ।

प्रकाशित: २८ माघ २०८१ १७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast