नेपाल भारत रंग महोत्सवमा आजदेखि भारतीय नाटक मञ्चन

हिमाल प्रेस २८ माघ २०८१ १५:४४
58
SHARES
नेपाल भारत रंग महोत्सवमा आजदेखि भारतीय नाटक मञ्चन

काठमाडौँ- जमलस्थित राष्ट्रिय नाचघरमा जारी नेपाल भारत रंग महोत्सवमा आजदेखि भारतीय नाटक मञ्चन हुने भएकाे छ। महोत्सवमा आगामी तीन दिन भारतीय नाटक मञ्चन हुने आयाेजकले जनाएकाे छ।

माघ २३ देखि चलिरहेको महोत्सवको आज चौथो दिन हो। सोमबार (आज) बेलुका ५ बजे विजयदन देथाको लेखन र अजय कुमार निर्देशित ‘माई री मैं का से कहूँ’ मञ्चन हुँदैछ।

महोत्सवमा माघ २९ र ३० मा मिथिलेश्वरको लेखन र राजेश सिंहको निर्देशनमा बनेको ‘बाबूजी’, अजय शुक्लाको लेखन र चित्तरञ्जन त्रिपाठीको निर्देशनमा बनेको ‘ताजमहल का टेन्डर’ मञ्चन हुनेछ।

यसअघि महोत्सवमा तीन नेपाली नाटक मञ्चन गरिएको थियो। माघ २३ मा सिके लालको लेखन तथा सुनिल पोखरेल निर्देशित नाटक ‘गच्छामी’, माघ २४ मा नयनराज पाण्डेको लेखन र दिया मास्केको निर्देशनमा बनेको ‘कथा कस्तुरी’ र तेस्रो दिन माघ २७ मा संयोग गुरागाईंको लेखन तथा नम्रता केसीको निर्देशन रहेको ‘जुन परीकथा मात्र होइन’ मञ्चन भइसकेको छ।

नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले राष्ट्रिय नाट्य विद्यालय भारतसँगको सहकार्यमा  महाेत्सवकाे आयोजना गरेको हाे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast