विकास निर्माणका विषयमा सबै मिल्नुपर्छ : उपप्रधानमन्त्री सिंह

हिमाल प्रेस २८ माघ २०८१ १५:०४
108
SHARES
विकास निर्माणका विषयमा सबै मिल्नुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ- उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले हरेक नेपालीको जीवन र जीविकोपार्जन सहज बनाउन सरकार अघि बढिरहेको बताएका छन्। सोनाम ल्होसारका अवसरमा शंकरापुर नगरपालिका वडा नं ४ मा सोबबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै सिंहले उक्त कुरा बताएका हुन्।

राजनीति स्थिर नभए अर्थतन्त्र चलायमान नहुने र विकास निर्माणको काम पनि हुन नसक्ने आवश्यकता बोध गरेरै नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरू मिलेर सरकार बनेको पनि उहाँले प्रस्ट पारे।

उनले भने, ‘वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि बनेको हो। अर्थतन्त्र चलायमान बनाउन स्थिरता नभइनहुने हाम्रो अनुभवबाटै अनुभूत गरेका छौँ। राजनीतिक स्थायित्वको जगमा हरेक नेपालीको जीवन र जीविकोपार्जन सहज बनाउन सरकार अघि बढिरहेको छ।’

उपप्रधानमन्त्री सिंहले चुनावमा भिन्न दलको फरक एजेन्डा भए पनि परिणाम आइसकेपछि विकास निर्माणका काममा सबै राजनीतिक दल, समुदाय, जनप्रतिनिधि मिल्नुपर्ने बताए। उपप्रधानमन्त्री सिंहले अधिकारको माग गर्नु जनताको अधिकार भन्दै अधिकारसँगै जिम्मेवारीबोध गर्नुपर्नेमा पनि जोड दिए। धेरै लामो संघर्ष गरेर समावेशी संविधान प्राप्त भएको भन्दै उनले प्राप्त उपलब्धि सुरक्षित गर्न राजनीतिक स्थिरता हुनुपर्ने बताए।

उपप्रधानमन्त्री सिंहले चाडपर्वहरू परम्पराको जगेर्ना गर्न, आपसी सद्भाव बढाउन र खुशी साटासाट गर्न महत्त्वपूर्ण हुने भन्दै ल्होसारको शुभकामना व्यक्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast