![झिल्के एण्ड द कम्पनीकाे गीत सार्वजनिक](https://himalpress.com/wp-content/uploads/2025/02/Jhilke-The-Company-SOng.jpg)
काठमाडौँ- सांगितिक ब्याण्ड झिल्के एण्ड द कम्पनीले ‘राम्री बाहुन केटी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेको छ। स्टिभ देवानको स्वर रहेकाे गीत उनकै शब्द र संगीतमा बनेकाे छ।
भिडियोमा एक युवकलाई प्रेमिका भगाउन ‘झिल्के एण्ड द कम्पनी’ व्याण्डका सदस्यले सहयोग गरेको देखाइएको छ। ‘मिस नेपाल २०२४’ की फाइनालिस्ट तथा ‘मेगा मोडल सिजन ४’ विजेता पूजा बराल, प्रवेश जोशी, प्रह्लाद ओली र बिपुला सिद्धान्त जोशीको अभिनय गरेका छन्।
बियोन्डको निर्देशन रहेको भिडियो कमल प्रसाईंको छायांकन र विकेश मगरको सम्पादनमा बनेको छ। गीतमा स्टिभ देवानको स्वर, शब्द र संगीत छ। पोजिटिभ भाईब्स ईन्टरटेन्मेन्ट नेटवर्कले निर्र्माण गरेका हो।
झिल्के एण्ड द कम्पनीमा स्टीभ देवान (गायन र गिटार), बिशाल हाङ राई (बास गिटार), र दिप्सन केसी (ड्रम्स) छन्।