
काठमाडौँ- लामो समयपछि लयमा फर्किएका कप्तान रोहित शर्माको विष्फोटक ब्याटिङले भारतले इंग्ल्यान्डविरुद्ध लगातार जित निकालेको छ।
एकदिवसीय शृंखलामा भारतले इंग्ल्यान्डमाथि दोस्रो जित निकाल्दै दबाबमा राखेको छ। गएराति सम्पन्न शृंखलाको दोस्रो खेलमा भारत ४ विकेटले विजयी भएको हो। इंग्ल्यान्डले दिएको ३०५ रनको लक्ष्य पछाएको भारतले ४४ दशलमव ३ ओभरमा ६ विकेट गुमाउदै ल्क्ष्य पूरा गरेको थियो।
भारतको जितमा कप्तान रोहित शर्माले ११९ रनको शतकीय पारी खेले। यो उनको एकदिवसीय क्रिकेटमा ३२औँ शतक हो। त्यसअघि टस जितेर पहिला ब्याटिंङ गरेको इंग्ल्यान्डले ४९ दशमलव ५ ओभरमा अलआउट हुँदै ३०४ रन बनाएको थियो। योसँगै भारतले ३ खेलको शृंखलामा एक खेलअघि नै २-० ले जितेको छ। अब शृंखलाको अन्तिम खेल बुधबार हुँदै छ।
प्रकाशित: २८ माघ २०८१ ८:३१
प्रतिक्रिया