फर्पिङ दुर्घटना अपडेट : ३९ घाइतेलाई अस्पताल लगियो

हिमाल प्रेस २७ माघ २०८१ २०:३८
56
SHARES
फर्पिङ दुर्घटना अपडेट : ३९ घाइतेलाई अस्पताल लगियो

काठमाडौँ– काठमाडौँको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा भएको विद्यालयको बस दुर्घटनाका ३९ घाइतेलाई उपचारका लागि विभिन्न अस्पतालमा पुर्‍याइएको छ।

विद्यालयका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा घटनास्थलमै दुईजनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा गाडीका चालक र एक आठ वर्षीय बालक रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

दुर्घटनापछि उद्धारको काम सकिएको र केही घाइतेलाई आफन्तले समेत उपचारका लागि लगेको उनले बताए। अन्य ३९ जनाको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ। विद्यालयको छुट्टी भएर घर जाने क्रममा भन्ज्याङमा जुनकिरी इङ्लिस स्कुलको बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

बा १ क ५६६४ नम्बरको बसमा ८ कक्षासम्मका विद्यार्थी सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २७ माघ २०८१ २०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast