
काठमाडौँ – काठमाडौँको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
यहाँको भन्ज्याङमा जुनकिरी इंग्लिस स्कुलका करिब ५० जना विद्यार्थी बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र अन्य विवरण खुल्न बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।
उनले विद्यार्थीको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको बताए।
प्रकाशित: २७ माघ २०८१ १९:०६
प्रतिक्रिया