
सुर्खेत- सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका-१० स्थित भेरी नदीमा खसेर बेपत्ता भएका अर्का एक जनाको शव आइतबार सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ।
आइतबार दिउँसो पूर्वी रुकुम जिल्लाको सिस्ने गाउँपालिका-२ स्थित प्वाङ बस्ने १८ वर्षीय अर्जुन झाक्री मगरको शव उनीहरू डुबेको स्थल भन्दा करिब दुई सय मिटर दक्षिणतर्फ फेला परेको हो।
यसअघि माघ २४ गते सोही ठाउँ बस्ने २४ वर्षीय अनिल घर्तीको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको थियो। उनीहरू निमार्णाधीन झोलुंगे पुलको लठ्ठा तान्ने क्रममा माघ २३ गते दिउँसो सो नदीमा खसेर बेपत्ता भएका थिए।
घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. ३२ रक्तकाली गण सुर्खेतबाट ६ जना गोताखोरसहितको टोली उनीहरूको खोजी कार्यको लागि निरन्तर परिचालन भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।