वैदेशिक रोजगार व्यवसायी संघको साधारण सभा सर्‍यो

हिमाल प्रेस २७ माघ २०८१ १७:२१
8
SHARES
वैदेशिक रोजगार व्यवसायी संघको साधारण सभा सर्‍यो

काठमाडौँ – नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २०८१ फागुन २ गते हुने साधारण सभा सरेको छ। संघले आगामी २०८२ असार १७ गतेसम्म साधारण सभा स्थगित गरेको जनाएको छ।

असार १७ गते संघको स्थापना दिवस भएकै दिन साधारण सभा गर्ने निर्णय गरिएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेललेले जानकारी दिए।

उनका अनुसार वैदेशिक रोजगार व्यवसायीको इजाजत नवीकरणका लागि बाधक रहेको समस्याको समाधान र भवन खरिद प्रक्रियाका समस्या समाधान गर्नुपर्ने भएका कारण संघको साधारण सभा सारिएको हो।

वैदेशिक रोजगार ऐन संशोधनलगायतका महत्त्वपूर्ण काम पनि अनुभवी कार्यसमितिले टुंगो लगाउन सहज हुने विषयमा व्यवसायी र सरकारबीच छलफल गर्नुपर्ने पर्ने उनको भनाइ छ।

प्रकाशित: २७ माघ २०८१ १७:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast