कतारमा अवैध बसेका विदेशी कामदारलाई फर्किने मौका

हिमाल प्रेस २७ माघ २०८१ १७:०६
कतारमा अवैध बसेका विदेशी कामदारलाई फर्किने मौका

काठमाडौँ– कतार सरकारले अवैध कामदारलाई स्वदेश फर्किने मौका दिने भएको छ। अवैध रूपमा बसेका विदेशी कामदारलाई स्वदेश फर्किन कतार सरकारले आममाफी दिने घोषणा गरेको कतारस्थित नेपाली दूतावासले जनाएको छ।

कतारले आइतबारदेखि आगामी तीन महिनासम्म जरिबाना र जेलबिना अवैध कामदारलाई आफ्नो देश फर्किन समय दिएको हो। यस्तो सुविधा लिन चाहने विदेशी कामदारलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थल वा सल्वा रोडमा रहेको सर्च एन्ड फिलो अप डिपार्टमेन्टमा दिउँसो १ बजेदेखि बेलुका ९ बजेभित्र निवेदन दिनसमेत आग्रह गरिएको छ।

कतारी आइडीको म्याद सकिएर लामो समयसम्म नवीकरण नगरेका, कम्पनी छोडेर भागेर लुकीछिपी काम गरिरहेका र विभिन्न भिसाको नियम पालना नगरेका व्यक्तिलाई कतार सरकारले आ–आफ्नो मातृभूमि फर्कन आग्रह गर्दै आममाफी दिने घोषणा गरेको हो।

कतार सरकारले आप्रवासीको आवास, प्रवेश र प्रस्थानको नियमन गर्न सन् २०१५ मा बनेको कानुनअनुसार अवैध विदेशी कामदारलाई फकाउन प्रक्रिया थालेको हो। हाल कतारमा साढे तीन लाख नेपाली कार्यरत छन्। जसमध्ये ७० हजारभन्दा बढी अवैध रूपमा बसेर काम गरिरहेको दूतावासको अनुमान छ।

प्रकाशित: २७ माघ २०८१ १७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast