पूर्वाधार विकास समितिद्वारा खानेपानी मन्त्रालयको अनुगमन

हिमाल प्रेस २७ माघ २०८१ १६:३४
10
SHARES
पूर्वाधार विकास समितिद्वारा खानेपानी मन्त्रालयको अनुगमन

काठमाडौँ– प्रतिनिधसभाअन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन तथा निरीक्षण गरेको छ।

पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहलगायत समितिका सदस्यले आइतबार खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवको कार्यकक्षको निरीक्षण गरेको हो।

निरीक्षणपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै सभापति सिंहले यस घटनाले सिंहदरबारभित्रका कार्यालयको वायरिङदेखि सबै कुरामा जाँच गर्नुपर्ने र यस्ता घटना हुन नदिन पूर्वतयारी आवश्यक रहेको बताए।

‘उक्त घटनामा जनको क्षति नभए पनि धनको ठूलो क्षति भएको छ, यस घटनाले सिंहदरबारभित्रका कार्यालयको वायरिङ परीक्षण गर्नुपर्ने आवश्यक देखिएको छ,’ उनले भने।

शनिबार बिहान ८ः४५ बजे लागेको आगोले उक्त मन्त्रालयको तीनवटा कोठा जलेका थिए भने ५० लाख बढी मूल्य बराबरका सामग्री जलेर नष्ट भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २७ माघ २०८१ १६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast