प्रदूषणका कारण दैनिक १०० भन्दा बढी बालबालिकाको मृत्यु

हिमाल प्रेस २७ माघ २०८१ १२:१०
12
SHARES
प्रदूषणका कारण दैनिक १०० भन्दा बढी बालबालिकाको मृत्यु तस्बिर साभार : युनिसेफ

काठमाडौँ– थाइल्यान्डको राजधानी बैंककमा वायु प्रदूषण भयावह स्तरमा पुगेको छ। वायु प्रदूषणकै कारण विद्यालय बन्द गर्ने आदेश दिइएको छ। युनिसेफको नयाँ अध्ययनअनुसार पूर्वी एसियाली देशहरू र प्रशान्त क्षेत्रका क्षेत्रमा वायु प्रदूषणका कारण हुने मृत्युदरसम्बन्धी डरलाग्दा तथ्यांक सार्वजनिक भएका छन्। वायु प्रदूषणका कारण पूर्वी एसियामा प्रत्येक दिन पाँच वर्षभन्दा कम उमेरका १०० भन्दा बढी बालबालिकाको मृत्यु भइरहेको युनिसेफको अध्ययनमा उल्लेख छ।

अध्ययन प्रतिवेदनमा उल्लेख छ, ‘यस क्षेत्रहरूमा बसोबास गर्ने ५० करोड बालबालिका त्यस्ता देशहरूमा बस्छन्, जहाँ वायु प्रदूषण खतरनाक स्तरमा पुगेको छ।’ अध्ययन प्रतिवेदनअनुसार खाना पकाउने र न्यानोपनका लागि प्रयोग गरिने इन्धनबाट उत्पन्न हुने घरायसी वायु प्रदूषण पाँच वर्षभन्दा कम उमेरका आधाभन्दा बढी बालबालिकाको मृत्युलाई निम्त्याउने प्रमुख कारण हुन्।

युनिसेफका अनुसार ३२ करोडभन्दा बढी बालबालिका त्यस्ता देशमा बस्छन्, जहाँ वार्षिक पीएम २.५ को औसत स्तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) द्वारा सिफारिस गरिएको स्तरभन्दा पाँच गुणा बढी छ। ३७ करोडभन्दा बढी बालबालिका त्यस्ता देशमा बस्छन्, जहाँ नाइट्रोजन अक्साइडको स्तर खतरनाक रूपमा उच्च छ।

युनिसेफको पूर्वी एसिया र प्रशान्त क्षेत्रकी क्षेत्रीय निर्देशक जुन कुनुगी भन्छिन्, ‘बालबालिकाको शरीर र मस्तिष्क विकास भइरहेका बेला उनीहरू यस्तो हावामा सास फेर्न बाध्य छन्, जसले उनीहरूको वृद्धि र विकासलाई प्रभावित गर्छ।’

प्रकाशित: २७ माघ २०८१ १२:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast