
काठमाडौँ- ऋषिराज आचार्यको निर्देशनमा बनेको फिल्म ‘द्रौपदी’ को ‘कर्णाली काटौँला’ बोलको गीत सार्वजनिक भएको छ।
निर्देशक आचार्यकै शब्द रहेको गीतमा रवि ओडको संगीत भरेका छन्। गीतमा रवि र इन्द्रकला राईको स्वर छ।
निर्देशक ऋषिराजसहित गीतको भिडियोमा डेब्यु अभिनेत्री आश्विनी शाही, गायक रवि र सुजाता तिमिल्सिनाको रोमान्टिक अभिनय छ।
डोल्पाको से-फोक्सुण्डो तालसहित कर्णालीको रमणीय स्थलमा छायांकन गरिएको फिल्मको गीतको कोरियोग्राफी विष्णु ठडराईले गरेका हुन्।
आरबी मुभिजको ब्यानरमा बनेको आगामी चैत ८ मा प्रदर्शन हुनेछ। फिल्ममा आश्विनी, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई (सुवास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारीलगायत कलाकारको अभिनय छ।
निर्देशक आचार्यकै कथा रहेकाे फिल्म अनिल महर्जनकाे सम्पादन र मोहनकुमार झिल्लुकाे छायांकनमा बनेकाे छ।